कामपाले फेरि आगलागीको घटना हुन नदिने
काठमाडौं।
काठमाडौँ महानगरपालिकाले राष्ट्रपति भवन, कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका मुख्यालयमा लागेको आगलागी नियन्त्रणमा ल्याएको छ । नेपालको मुख्य प्रशासनिक क्षेत्र सिंहदरबार, न्यायपालिका, सर्वोच्च अदालत र व्यवस्थापिका संसद् भवनमा लागेको आगलागी नियन्त्रण भएको छ ।
मंगलवार राती १० बजेबाट नेपाली सेनाले शान्ति सुरक्षाको जिम्मा लिएकै दिनबाट कामपाको दमकल र कामपा प्रहरी टोलीले सरकारी भवनमा लागेको आगलागी नियन्त्रण गर्न शुरू गरेको थियो । निजी क्षेत्रको पानी ट्याङकरको सहयोगमा कामपाको ५ वटा दमकल, फायर स्टिङग्युजर, ल्याडर प्रयोग गरी आगलागी नियन्त्रण गरेको हो । कामपा प्रहरी प्रमुख राजुनाथ पाण्डेले २४ सै घण्टा खटेर कामपाले आगलागी निण्न्त्रण गरेको जिकिर गर्दै भन्नुभयो–‘राष्ट्रपतिभवन, संसद् भवन, सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,करिब एकदर्जन मन्त्रालय, सर्वोच्च अदालत, सर्वोच्च अदालत अगाडि रहेको स्वास्थ्य तथा जनसंख्यामन्त्रालय, जिल्ला अदालतलगायतका स्थानको आगलागी नियन्त्रणमा लिएका हौं । केही भुसभुसे आगो लाग्ने क्रम रोकिएको छैन, आगो लागेको देख्नासाथ तत्काल दमकल बोलाएर नियन्त्रण गरेका छौं ।’
सरकारी संरचना आगलागीबाट अर्बौं रुपियाँ जलेर नस्ट भएको छ भने इतिहास नष्ट भएको छ । कामपाले नेपाल प्रहरी र नेपाली सेनाको दमकलको मद्दत लिएको थियो । आगलागी हुनासाथ दमकल पुगेको भए त्यति क्षति हुन पाउँदैन थियो तर आन्दोलनरत जेन्जी पुस्ताले आगलागी नियन्त्रण गर्न गएका दमकल फर्काइदिएपछि समस्या परेको हो । आन्दोलनकारीले नक्खु र दिल्लीबजार कारागारमा समेत आगो लगाएका थिए ।
कामपा प्रहरी प्रमुख पाण्डेका अनुसार मेयर बालेन्द्र साहको निर्देशनअनुसार तत्काल आगलागी नियन्त्रण र जलेका फोहोर सफा भएको हो । प्रहरीले आगलागी नियन्त्रण र फोहोर व्यवस्थापन सँगसँगै गरेको थियो । टायर, फार्निचर र विभिन्न महत्वपूर्ण काजगात जलाएको फोहोर सफा गर्न करिब ३ सय महानगर प्रहरी परिचालन गरिएको थियो । केही स्थानमा भने युवाले सडक सफा गरेका र फोहोर संकलन गर्ने चाहिँ काम महानगरले गरेको थियो ।
कामपा वातावरण व्यवस्थापन विभाग प्रमुख सरिता राईले हिजो बिहीबारसम्म सबै फोहोर व्यवस्थापन सकेको जानकारी दिनुभयो । उहाँका अनुसार आगलागीबाट ध्वस्त संरचना र सडकबाट कामपाले सय टनभन्दा बढी फोहोर संकलन र व्यवसथापन गरेको छ ।
सडक पूरै सफा भइसकेको भए पनि सरकारी भवनको फाहोर भने उठाइएको छैन । महत्वपूर्ण सामग्री रहेको सरकारी कार्यालयको फोहोर संकलन गर्न सामानको मुचुल्चा गर्नुपर्ने भएकोले नेपाली सेनाले सिंहदरबारभित्र फोहोर संकलन गर्न नदिएको हो ।
जलेका सयौं सवारी साधन उठाउन कठिन
काठमाडौं
सोमबार र मंगलवारको आगलागीबाट क्षति भएका सयौं सवारी साधन उठाउन कठिन भएको छ । सरकारले कामपालाई बाटो र कार्यालय परिसरमा आगलागीबाट ध्वस्त भएको सवारी साधन फोहोरको रूपमा व्यवस्थापन गर्न निर्देशन थियो । कामपाले कुन निकायको, कस्तो र कस्को मातहतमा रहेको हो ? भन्ने विषयमा निक्र्योल नभएसम्म जलेका सवारी साधन व्यवस्थापन गर्न नसक्ने जनाएको छ ।
कामपा प्रहरी प्रमुख राजुनाथ पाण्डेले बाटो र कार्यालयमा रहेको सयांै चारपाङग्रे र दुई पाङग्रे सवारी साधन व्यवस्थापन गर्न कठिन भएको जानकारी दिँदै भन्नुभयो– ‘कुन निकायको हो ? कसको नाममा छ ? भन्ने विषयमा जानकारीसहित मुचुल्का उठाएर उठाउने अनुमति नदिएसम्म सवारीसाधन उठाउन सक्दैनौं ।’
कामपाले सबै सवारी साधन सडक किनारा र कार्यालयमा छेउ लगाएर राखेको छ । स्रोतका अनुसार नेपाली सेनाको संयोजनमा सबै सुरक्षानिकाय र कामपाको सहयोगमा सवारी साधन व्यवस्थापन गर्ने तयारी भइरहेको छ ।











प्रतिक्रिया