भैसेपाटीमा विष्णु पौडेलको घरमा ढुंगा मुडा


काठमाडौं ।

ललितपुरको भैसेपाटीस्थित नेकपा (एमाले) उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलको घरमा ढुंगा मुडाको घटना भएको छ।

प्रदर्शनकारीहरुलेले घरतर्फ ढुंगा प्रहार गरेको बताइएको छ।

यस घटनाबाट घरको सामान्य क्षति भएको छ भने हालसम्म कुनै मानवीय क्षतिको रिपोर्ट आएको छैन। घटनाको अनुसन्धानका लागि प्रहरी परिचालन गरिएको छ।