काठमाडौं ।
ललितपुरमा बिहानीदेखि व्यापक अशान्ति देखिएको छ। प्रदर्शनकारीहरुले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासमा ढुंगामुढा गरेका छन्। त्यसअघि नजिकैको प्रहरी बिटमा आगजनी गरिएको थियो।
यस्तै, सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको सुनाकोठीस्थित निवास र हरिसिद्धीको प्रहरी प्रभागमा समेत आगजनी भएको छ।
नेपाल पत्रकार महासंघ ललितपुर अध्यक्ष रामहरि कार्कीका अनुसार गाउँ–सहर सबै ठाउँमा बन्दको असर देखिएको छ।












प्रतिक्रिया