काठमाडौं ।
रुपन्देही जिल्लामा जेनजीको सम्भावित प्रदर्शनलाई लक्षित गर्दै अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ। प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेले मंगलबार बिहान ९:३० बजेदेखि लागू हुने गरी निषेधाज्ञा आदेश जारी गरेका हुन्।
स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ (क) अनुसार जारी आदेशअनुसार पाँच जनाभन्दा बढी भेला भई जुलुस, धर्ना, प्रदर्शन गर्न रोक लगाइएको छ। आदेश उल्लंघन गरे कानुनी कारबाही हुने जनाइएको छ।
यसअघि सोमबार दिउँसो ४ देखि राति १० बजेसम्म पनि निषेधाज्ञा लागू गरिएको थियो।












प्रतिक्रिया