आज देशभर सामान्य बदली, केही स्थानमा मध्यम वर्षाको सम्भावना


काठमाडौँ ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर रहेकाले देशभर सामान्यतया बदली देखिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका केही स्थानमा वर्षा भएको छ।

दिउँसो कोशी, बागमती, गण्डकी लगायतका पहाडी भूभागमा र तराईका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। राति पनि देशका पहाडी र तराई भूभागका थोरै स्थानमा मध्यम वर्षा हुने अनुमान गरिएको छ।