ग्वार्कोमा सुजुकीको नयाँ शोरूम सञ्चालनमा


काठमाडौँ
भी.जी. अटोमोबाइल्स प्रा.लि., सुजुकी मोटर कर्पोरेशनको नेपालका लागि आधिकारिक आयातकर्ता तथा वितरक, ले ग्वार्कोमा नयाँ सुजुकी शोरूम सञ्चालनमा ल्याएको छ ।

नयाँ शोरूममार्फत ग्राहकले सुजुकी मोटरसाइकल तथा स्कुटर सहज रूपमा खरिद गर्न सक्नेछन्। कम्पनीका अनुसार, बिक्रीसँगै गुणस्तरीय सर्भिस र स्पेयर पाट्र्स उपलब्ध गराइनेछ ।

भी.जी. अटोमोबाइल्सले काठमाडौं उपत्यकाभित्रै मात्र नभई देशका विभिन्न स्थानमा सुजुकीका शाखा विस्तार गर्दै आएको छ । कम्पनीले आगामी दिनमा अझै उत्कृष्ट सेवा र सुविधा प्रदान गर्ने लक्ष्य राखेको जनाएको छ ।