काठमाडौं ।
काभ्रेपलाञ्चोकको रोशी क्षेत्रमा बुधबार रातिदेखि अवरुद्ध बीपी राजमार्ग खुलाइएको छ। अविरल वर्षाका कारण पिल्थलीबेशी, बिरुवाडाँडा, कालढुंगा र माम्तीमा खहरे र सुख्खा पहिरोले सडक अवरुद्ध भएको थियो।
इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख इश्वर कार्कीका अनुसार बिहान ७ बजेदेखि सडक पूर्ण रूपमा सञ्चालनमा आएको छ।
वर्षा भइरहेका कारण रोशी खोलाको सतह बढ्दै गएकाले सचेत भएर सवारीसाधन चलाउन प्रहरीले आग्रह गरेको छ।











प्रतिक्रिया