रौतहट ।
आत्मदाहको प्रयास गरेका रुबी साहको हत्या आरोपी लक्ष्मण पासवानको आज कीर्तिपुरमा मृत्यु भएको छ। उनको वर्न अस्पताल कीर्तिपुर उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
उनले बुधबार आत्महत्याको प्रयास गर्नु अघि भिडियो सार्बजनिक गरेका थिए। गएको ७ गते माधबनारायण नगरपालिका–६ निबासी रुबी शाहको हत्या गरी शुटकेसमा राखिएको शब गौर ९ मुडबलवा जाने बाटोमा भेटिएपछि प्रहरीले खोजी गरेका हत्या आरोपी सोही स्थानका लक्ष्मण पासवान बुधबार आत्महत्याको प्रयास गर्दै गरेको अबस्थामा पक्राउ परेका छन ।
माधबनारायण नगरपालिका –६ माधोपुर भन्दा पश्चिम बिशनपुुर्बा मानपुर जाने बाटोको आप बगैचामा जल्दै गरेको अबस्थामा पासवान पक्राउ परेका थिए । सार्बजनिक भएको भिडियोमा पासवानले भनेका छन मलाई कानुनको सजाय मञ्जुर छैन, रुबीकी आमा, राजु र राजनले पैसाको धाक देखाएर हामी लाई बाच्न दिएनन ।
पासवानको दाहिने हातमा ’माई हार्ट रुबी कुमारी’ ट्याटु खोपिएको छ भने छातीमा समेत उनले रुबीको तस्बिर बनाएका छन । दुबैको घर एकै स्थानमा रहेको छ । उनीहरु दुबै गाउकै श्री माध्यमिक बिद्यालय माधोपुरमा अध्यन गरेका हुन । बाल्यकाल देखि एसएलसी सम्म बिद्यालय संगै अध्यन गरेका उनीहरु दुबैले ०६७सालमा अन्तरजातिय बिबाह गरेपनि माईतीपक्षले उनीहरु लाई छुटयाउनुका साथै प्रहरीमा अपहरणको मुध्दा दर्ता गराएका थिए ।
आठ कक्षादेखि उनीहरूको प्रेम सम्बन्ध रहेको जनाइएको छ। सोही समयमा माईतीपक्षको जाहेरीले पासवान चार बर्ष जेल जीबन बिताएर रिहा भएपछि उनी रोजगारीको लागि पटक पटक बिदेश जाने आउने गर्दै आएका थिए । उनी जेलमै रहेका बेला माईतीले रुबी साह लाई भारतको बिहार राज्य सितामढि जिल्लाको मजफपुरमा ०६८ सालमै बिबाह गरेपछि उनको एक छोराको जन्म भएको हो ।
आफनो शरिर र टाउकोमा पेट्रोल खन्याएर आत्महत्याको प्रयास गरेका पासवानको अनुहार ६० प्रतिशत र जीउ ३० प्रतिशत जलेको अबस्थामा प्रहरीले पक्राउ गरेपनि उनको गरुडास्थित बेटर अस्पतालमा उपचारपछि थप उपचारको लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा पठाइएको थियो। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरिक्षक राजु कार्कीले उपचारकै क्रममा पासवानको मृत्यु भएको बताउनु भयो ।
आत्महत्याको प्रयास गर्नु अघि पासवानले नौ मिनेटको भिडियो बनाएर मार्नुको कारण लगायत हत्या स्वीकार गरेका छन । छोराको अध्ययनको लागि माईती जिल्ला रौतहटको गौरको एक घरमा डेरा गरी साह बस्दै आएकी थिईन ।
बिदेशमा भएपनि दुबै सम्पर्कमै रहदै आएका थिए । पासवानले समेत गौरको एक घरमा डेरा गरी बस्दै आएको र आफनै डेरामा रुबी साह आएपछि घाटी थिचेर मारेको उनले बोलेको भिडियोमा उनको आवाज सुन्न सकिन्छ ।











प्रतिक्रिया