बाजागाजा सहित सिडिओ पाध्यालाई बजुरेलीले गरे ठाउँ ठाउँबाट विदाई

21.71k
Shares

बाजुरा ।

कुनै समयमा बाजुरामा प्रशासक र विकासे कार्यालयका प्रमुख आउनै मान्दैन थिए। भौगोकि विकटता र राजनीतिक हस्तक्षेप बढिनै हुन्थ्यो । कार्यालय प्रमुख आइहाले पनि कतिवेला गए, सर्वसाधारणलाई पत्तो हुंदैन थियो । पछिल्लो समयमा भने बाजुरा आउने प्रमुख जिल्ला अधिकारी हुन् वा अन्य सरकारी कार्यालयका कर्मचारीहरु जिल्लामा आउँदा रमाउने गर्छन र उनीहरुबाट हुने सेवा प्रबाहमा पनि सहजता आएको छ।

प्रशासकको सेवाप्रवाहबाट प्रफुल्ल नागरिक दर्जाबाट पनि सरुवा हुंदा ठाउँ ठाउँमा फुलमाला सहित विदाई गर्ने संस्कारको विकास भएको छ । यो कार्यले जिल्लाबाट राष्ट्रसेवक कर्मचारीलाई काम गर्ने उचित वातावरण छैन बाजुरामा ज्यादै राजनीतिक हस्तक्षेप हुन्छ भन्ने मान्यता विस्तारै कम हुंदै गएको आभाष हुन्छ ।

बाजुरामा विगत केही वर्ष यता कार्यालय प्रमुखलाई पञ्चेवाजा सहित विदाइ गर्ने चलन चलेको छ । यसै सन्दर्भमा यहि भदौ चार गते गृहमन्त्रालयमा सरुवा हुनुभएका तत्कालीन प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यालाई मंगलवार दिउसो जिल्लास्तरका विभिन्न राजनीतिककर्मी , पालिकास्तरबाट पनि भव्यरुपमा विदाइ गरेका दृष्य देखिन्थे । त्यसैगरी राष्ट्रसेवक कर्मचारी ,उद्योगी ब्यवसायी लगायत सर्वसाधारण नागरिकले ठाउँठाउँमा स–सम्मान सहित विदाई गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय बाजुराबाट विदाई सलामी पाए पश्चात प्रजिअ पाध्यायलाई सदरमुकाम मार्तडी बजारबाट पञ्चेवाजा सहित फुलमाला र अविरले रंग्याउदै तुफानडाँडा सम्म भव्य विदाई गरिएको हो । त्यसैगरी बुढगंगा नगरपालिकाको बाम्का बजार , त्रिबेणी नगरपािलका तोलीमा उपप्रमुख कमला न्यौपाने लगायतको पालिका टोलीले भव्य विदाई गरेको छ ।
११ महिना सम्मको बाजुरा वसाइँमा प्रजिअ पाध्यायले छिटो छरितो नागरिक सेवा प्रवाह जिल्लाको शान्ति शुरक्षा , विपद् कार्य लगायत तमाम सवालमा अहम् भुमिका निवार्ह गर्नु भएकोले कुसल प्रशासाकका रुपमा जिल्लामा छाप छोडेर जानुभयो उद्योग वाणिज्य संघ बाजुरुाका अध्यक्ष देवहादुर रोकायाले बताउनुभयो ।

त्यसैगरी जिल्लाको छोटो वसाइँमा आफ्नो प्रशासनिक कुसलता देखाएर जानुभयो। दिनरात नभनि नागरिक सेवा प्रवाह , विकास निर्माणमा सहज सहजिकरण ,स्थानीय निकायसंग समन्वय सम्पर्क र विपद् कार्यमा प्रमुख जिल्ला अधिकारी पाध्याको अहम् भुमिका देखियो । त्यसको मुल्याङ्गस्वरुप आज बाजुरेली नागरिकबाट स–सम्मान विदाई हुने अवसर जुटेको हो ,सहायक प्रमुख जिल्ला अधिकारी सितलवहादुर रावलले भन्नुभयो।

“ एउटा कुसल प्रशाससकसंगको अत्मीयतासंगै मैलेपनि दुई महिना उहाँसंगै वस्दा धेरै प्रशासनिक कुरा सिक्न पाएको छु । उहाँ प्रशासन क्षेत्रको प्रेरणाका श्रोत हुनुहुन्छ ।” सहायक प्रजिअ रावलले भन्नुभयो । यति छिटो प्रजिअको सरुवा किन गरिन्छ होला ? भन्ने जिज्ञाषामा सहायक प्रजिअ रावलले भन्नभयो निजामती सेवा नियमावलीमा राष्ट्रसेवक कर्मचारीले एक जिल्लामा कम्तीमा दुई वर्ष वस्नु पर्ने कानुनी प्राव्धान छ । यद्येपी प्रमुख जिल्ला अधिकारीको हकमा गृह मन्त्रालयले सरुवा गर्छ , यो नियमित प्रक्रिया हो । अव आउने प्रजिअ गणेश पौडेल पनि योग्य नै हुनुहुन्छ उहाँँ पनि पर्वत जिल्ला प्रशासनबाट आउँदै हुनुहुन्छ सेवा प्रवाहमा कुनै कमी हुनेछैन सहायक प्रजिअ रावलको भनाई छ ।

“बाजुरा प्राकृतिक सौन्दर्यताले भरिपूर्ण जिल्ला हो। यहाँ तमाम सम्भावना छन् । यि सम्भावनालार्ई यथार्तमा उतार्न सकिन्छ । तर हामी सुनको थालिमा छौं भन्ने विर्सेर पलाष्टिकको कौचौरा थापेर बसेका छौं । ” यो विडम्वना हो ! हामी सबैमिलेर लाग्यौं भने बाजुरा विकास गर्न कुनै आईतवार कुर्नु पर्दैन मंगलवार विदाई भएर गृहमा गएका तत्कालिन पजिअ पाध्यायको सुझाव छ ।
जिल्लामा कुनपार्टीको सिडिओ आयो भन्दा पनि एक राष्ट्रसेवक कर्मचारी प्रशासक जनताको सेवागर्न आएको हुन्छ । कर्मचारलाई जनस्तरबाट काम गर्ने वातावरण दिनुपर्छ । अनावस्यक राजनीतिक हस्तक्षेप राजनीतिक कर्मीले नगरे कर्मचारी, प्रशासक राजनीतिककर्मी र जनप्रतिनीधि मिलेर गए जिल्लाको समग्र विकासमा सकरात्मक प्रभाव पर्छ पुर्व प्रमुख जिल्ला अकिारी भिमप्रशाद पौडेलको भनाई छ ।

विगत लामो समय देखि कोल्टीमा ईलाका प्रशासनको माग गर्दे आएको थियो । गृहमन्त्रालयले बाजुरा कोल्टी लगाय देशका विभिन्न जिल्लामा इलाका प्रशासन कार्यालय राख्ने सोमवार निर्णणय गरेपछि स्थानीयलाई थप हौसला जागेको छ भने। केही दिन अगाडी राष्ट्रिय परिचय पत्र पनि कोल्टीमै वितरण गरेपछि जाँदाजाँदै प्रजिअ पाध्याय नागरिकस्तरबाट थप प्रशंसित भएका हुन् ।