काठमाडौँ ।
हिन्दू नारीहरूको महान् चाड तीज आजदेखि दर खाएर औपचारिक रूपमा सुरु भएको छ। आजको दिन चेलीबेटीलाई माइतीले बोलाई मिठा–मसिनो परिकार खुवाउने परम्परा रहेको छ।
खिर, ढकनी, गुँदपाकजस्ता पौष्टिक परिकार दरमा प्रमुख रूपमा समावेश हुन्छन्। दर खाएको भोलिपल्ट महिलाहरूले निराहार व्रत बसी भगवान् शिवको पूजा गर्ने चलन छ।
मंगलबार तीजको मुख्य दिन, बुधबार गणेश चौथी र बिहीबार सप्तऋषि पूजापछि चारदिने पर्वको समापन हुनेछ।
पार्वतीले शिवलाई पति पाउन व्रत बसेको धार्मिक विश्वासले विवाहित महिलाहरू पतिको दीर्घायूको कामना गर्दै, अविवाहित महिलाहरू सुयोग्य वर पाउने अपेक्षासहित तीज मनाउने गर्दछन्।
तीजको दिन पशुपतिनाथ लगायतका शिवालयहरूमा भक्तजनहरूको भीड लाग्ने गर्दछ।











प्रतिक्रिया