काठमाडौं ।
पितृऔंसी तथा कुशे औंसीको अवसरमा नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले समस्त पितृहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शुभकामना व्यक्त गरेका छन्।
सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको शुभकामना सन्देशमा उनले पितृहरूलाई श्रद्धा, समर्पण र कृतज्ञतासाथ सम्झनु हाम्रो संस्कार रहेको उल्लेख गर्दै, समर्पणशील, कर्तव्यनिष्ठ र दयालु पिताहरूको योगदानलाई स्मरण गरेका छन्।
कुशे औंसीलाई पितृ तर्पण तथा सम्मानको दिनका रूपमा मनाइने यो अवसरमा डा। कोइरालाले सम्पूर्ण बुबाहरूप्रति सम्मान प्रकट गर्दै शुभकामना दिएका हुन्।












प्रतिक्रिया