मनसुन कमजोर भए पनि केही प्रदेशमा भारी वर्षाको सम्भावना


काठमाडौँ ।

नेपालमा मनसुनको प्रभाव सामान्यभन्दा कमजोर भए पनि बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको कारण देशका केही भागमा वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मध्यम वर्षा भइरहेको छ भने कर्णाली र मधेस प्रदेशका केही ठाउँमा हल्का वर्षा देखिएको छ।

दिउँसो देशभर सामान्य बदली रहनेछ भने पहाडी तथा तराई क्षेत्रका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ।

कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागमा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।