कैलाली कारागार हिंसा : घाइते कैदीको स्थानान्तरण जारी, सुरक्षा जोखिम कायमै


काठमाडौं ।

कैलाली कारागारमा भएको हिंसात्मक घटनामा घाइते भएका ४८ कैदीमध्ये ९ जनाबाहेक सबैलाई सेती प्रादेशिक अस्पतालले डिस्चार्ज गरिसकेको छ।

तर कारागार प्रशासनले उनीहरूलाई पुनः कारागार फर्काउन सकेको छैन। हालसम्म ६ जना कैदी अन्य कारागारमा स्थानान्तरण भएका छन् भने गम्भीर घाइते ३ जनालाई काठमाडौं रेफर गरिएको छ।

कारागार प्रशासनले बाँकीलाई अस्पतालमै राखेको छ, जहाँ नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा दिइरहेका छन्। कारागारमा आक्रमणको जोखिम अझै देखिएकाले सावधानी अपनाइएको प्रशासनले जनाएको छ।