काठमाडौँ ।
उच्च अदालतमा २७ न्यायाधीश नियुक्तिमा नेपाल बारको प्रतिनिधित्व नभएको भन्दै नेपाल बार एशोसियसनले न्याय परिषद्का सदस्यहरू दामोदर खड्का र महेश नेपालसँग भदौ १ गते परामर्श बैठक बोलाएको छ।
बारको केन्द्रीय कार्यकारी समितिको बैठकले उक्त निर्णय गरेको हो। बारले न्यायाधीश नियुक्तिमा ५० प्रतिशत भाग सुनिश्चित हुनुपर्ने माग गर्दै आएको छ।
परिषद्ले सिफारिस गरेका २७ न्यायाधीशमध्ये ६ मात्र कानुन व्यवसायी छन्। नियुक्तिमा प्रभावकारी भूमिका नखेलेको भन्दै परिषद् सदस्यहरूको आलोचना भएपछि बारले परामर्श बैठक गर्न लागेको हो।











प्रतिक्रिया