काठमाडौं ।
प्रधानमन्त्री नरेन्द्र मोदीले स्वतन्त्रता दिवसका अवसरमा लालकिल्लाबाट सम्बोधन गर्दै भारतलाई ऊर्जा स्वतन्त्र बनाउने र आफ्नै रक्षा प्रणाली विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
उहाँले वैज्ञानिक र इन्जिनियरहरूलाई लडाकू विमानका इन्जिन, सेमिकन्डक्टर चिप्स, र सैन्य उपकरणको स्वदेशी उत्पादनमा ध्यान दिन आग्रह गर्नुभयो। भारतमा बनेका सेमिकन्डक्टर चिप्स यसै वर्ष बजारमा आउने उहाँको दाबी छ।
अमेरिकाबाट आयात करको दबाबका बीच भारतले आत्मनिर्भरतामा जोड दिँदै ऊर्जा सुरक्षाका लागि विविध स्रोतहरूको खोजी गरिरहेको छ। मोदीले किसान र राष्ट्रिय हितमा हुने कुनै पनि दबाबको विरोध गर्दै ‘पर्खाल झैँ’ उभिने चेतावनी दिनुभयो।
उहाँले हालै पाकिस्तानसँगको द्वन्द्वमा सहभागी भारतीय सेनाको साहसको पनि प्रशंसा गर्नुभयो।











प्रतिक्रिया