उच्च अदालतमा २७ न्यायाधीशको शपथ ग्रहण


काठमाडौं ।

उच्च अदालतका लागि सिफारिस भएका २७ जना न्यायाधीशले बुधबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

प्रधानन्यायाधीश प्रकाशमान सिंहको उपस्थितिमा उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवरसमक्ष उनीहरूले शपथ लिएका हुन् ।

सिफारिसमध्ये १६ जना जिल्ला न्यायाधीश, ६ जना कानुन व्यवसायी र ५ जना न्याय सेवाबाट रहेका छन् । शपथपछि उनीहरू एक महिने तालिम लिएर मात्र कार्यक्षेत्रमा खटिनेछन् ।