पशुपतिनाथ मन्दिर परिसर बागमती किनारमा जनै फेर्ने र डोरो बाँध्न आउने भक्तजनहरूको उल्लेख्य भीड


काठमाडौं ।

आज श्रावण शुक्ल पूर्णिमाका दिन देशभर वैदिक सनातन धर्मावलम्बीले जनै पूर्णिमा तथा रक्षाबन्धन पर्व श्रद्धाका साथ मनाइरहेका छन्। बिहानैदेखि नदी, पोखरी, तलाउमा स्नान गरी तागाधारीहरूले पुरोहितबाट मन्त्रिएको नयाँ यज्ञोपवीत (जनै) र रक्षासूत्र धारण गरेका छन्।

पशुपतिनाथ मन्दिर क्षेत्र विशेषगरी बागमती किनारमा जनै फेर्ने र डोरो बाँध्न आउने भक्तजनहरूको उल्लेख्य भीड देखिएको छ। धार्मिक विश्वास अनुसार यज्ञोपवीत र रक्षासूत्रले नकारात्मक शक्तिबाट सुरक्षा मिल्ने जनविश्वास छ।