गायिका सरिता भारतीले तीज गीत नाच्न दे भिडियोसहित सार्वजनिक गरेकी छन्।
गायिका भारतीले गण्डकी प्रदेशबाट लय संकलन गरेको गीतमा शब्द पनि उनकै छ। गण्डकी क्षेत्रमा निकै प्रचलित रत्यौली भाकालाई संकनल गरेर मौलिक भाका श्रोता दर्शकमाझ ल्याएको उनले बताइन्।
जुगल डंगोलले रेकर्डिङ नरेश बिबिसीले मिक्सिङ तथा मास्टरिङ गरेको गीतमा संगीत सृजना र संगीत संयोजन ओम सुनारको रहेको छ। यसअघि ओमकै संगीतमा ओम र सरिताले युगल स्वरमा सुदुरपश्चिमेली लोक भाकाको गीत छोड सताउन ल्याएका थिए।
गीतको भिडियोमा शीर्ष भूमिकामा गायिका स्वयं छिन् भने सोनी कारञ्जित, सृजना श्रेष्ठ, करुणा श्रेष्ठ, श्वेता श्रेष्ठ काफले, निशा थापा बस्नेत, अविरा रिसालसहित विभिन्न कलाकारले अभिनय र नृत्य गरेका छन्। मच्छेगाउँको आश्रय होमस्टेमा छायांकन गरिएको भिडियोमा निर्देशन र कोरियाग्राफी कृष्ण रसाल, छायांकन र सम्पादन राजेन्द्र पाण्डेको रहेको छ। नृत्यप्रधान गीतको भिडियो एसबी क्रियसन नेपाल युट्युब च्यानलबाट रिलिज गरिएको छ।











प्रतिक्रिया