३ दिनसम्म मनसुन सक्रिय, बाढी–पहिरोको जोखिम,सबैलाई सतर्क रहन आग्रह


काठमाडौं ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अबका तीन दिनसम्म देशभर मनसुन सक्रिय रहनेछ । देशका धेरै स्थानमा लगातार वर्षा भइरहेकाले बाढी, पहिरो र डुवानको जोखिम बढेको छ ।

आज भक्तपुरको हनुमन्ते खोला, डोल्पाको ठूली भेरी, रुकुमपश्चिमको ठूलो भेरी, म्याग्दीको म्याग्दी खोला, जाजरकोटको नलगाढ, सोलुखुम्बुको सोलु खोलामा जलसतह सतर्कता तह पार गरेको छ ।

झापा, उदयपुर, सिराहलगायत कोशी र मधेश प्रदेशका विभिन्न क्षेत्रहरूमा भारी वर्षा मापन भएको छ । मौसमविद्हरूले सबैलाई सतर्क रहन र पछिल्लो मौसमी जानकारी लिन अनुरोध गरेका छन् ।