काठमाडौं ।
नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले अध्यक्ष प्रचण्ड र उपमहासचिव जनार्दन शर्माबीचको अन्तरविरोधले पार्टी विभाजन नहुने बताएका छन्। शनिबारको स्थायी समिति बैठकपछि सञ्चारकर्मीसँग बोल्दै पुनले पार्टीभित्रका मतभेदहरू छलफलमार्फत समाधान हुने स्पष्ट पारे।
उनले विचार मिल्ने दलहरूसँग पार्टी एकता हुन सक्ने सम्भावना पनि व्यक्त गरे। एकीकृत समाजवादी र नेकपासँग नियमित छलफल भइरहेको उल्लेख गर्दै पुनले समाजवादी मोर्चालाई सुदृढ बनाउने दिशामा काम भइरहेको जानकारी दिए।
पुनले बाहिरका हल्लामा ध्यान नदिन आग्रह गर्दै दलभित्र एकता प्रक्रियालाई सतर्कतापूर्वक अघि बढाइरहेको बताए।











प्रतिक्रिया