सामाजिक सञ्जालसमेत काउन्सिलको निगरानीमा ल्याउने तयारी


काठमाडौं ।

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले मिडिया काउन्सिल विधेयकमाथि दफावार छलफल गर्न नेकपा एमालेकी सांसद दीपा शर्माको संयोजकत्वमा सात सदस्यीय उपसमिति गठन गरेको छ। उपसमितिलाई १५ दिनभित्र प्रतिवेदन पेस गर्न समय दिइएको छ।

सञ्चार मन्त्रालयले ल्याएको विधेयकमा सञ्चार क्षेत्रको लगानी स्रोत पारदर्शी बनाउने, सामाजिक सञ्जाललाई सञ्चार संस्थाको परिभाषामा समेट्ने, र आचारसंहिताको उल्लंघन गर्नेलाई कारबाही गर्ने व्यवस्था प्रस्ताव गरिएको छ।

विधेयकले पत्रकारिता स्वनियमन, स्रोतको खुलासा, र सामाजिक सञ्जालको निगरानीलाई समेत कानुनी आधार दिने प्रस्ताव गरेको छ।