क्रान्तिकारी किसान नेता भीमदत्त पन्तको स्मृति दिवस आज देशभर मनाइँदै


काठमाडौं ।

क्रान्तिकारी किसान नेता शहीद भीमदत्त पन्तको स्मृति दिवस देशभर विभिन्न कार्यक्रममार्फत मनाइँदैछ। विसं १९८३ मा डडेल्धुराको कारीगाउँमा जन्मिएका पन्तले छुवाछूत, सामन्तवाद, श्रमशोषणविरुद्ध आवाज उठाउँदै गरीब, दलित र भूमिहीनका पक्षमा ऐतिहासिक विद्रोह गरेका थिए। उनले मुक्ति सेना गठन गरी जातीय समानता, सामाजिक न्याय र भूमि अधिकारका लागि संघर्ष गरेका थिए।

विसं २०१० साउन १७ गते उनको बर्बर हत्या गरिएको थियो। विसं २०७२ मा सरकारले उनलाई शहीद घोषणा गरेको हो। पन्तको विचार, संघर्ष र नाराहरू आज पनि भूमिहीन र उत्पीडित समुदायका लागि प्रेरणाको स्रोत बनेका छन्। अधिकारकर्मीहरूका अनुसार, पन्तको सपना तबमात्र पूरा हुन्छ जब सबै नेपालीले न्याय, शिक्षा, स्वास्थ्य र रोजगारीमा समान पहुँच पाउँछन्।