सिन्धुली।
सिन्धुलीमा मंगलवार झन्डै २८ ग्राम लागूऔषध खैरो हिरोइनसहित चार जना पक्राउ परेका छन् । कमलामाई नगरपालिका ९ भिमान चेकपोष्टबाट दुई भारतीय नागरिक सहित चार जनालाई प्रहरीले नियन्त्रण लिएको हो ।
भारत विहार राज्य खजुरवाड जोगवनी वडा नं. ५ बस्ने अन्दाजी ३० बर्षका मोहम्मद रिजवान र सोही ठाउँका ३५ बर्षका मोहम्मद इकरारको साथबाट लागुऔषध खैरो हिरोइन ११ दशमलव ५०० ग्राम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
कमलामाई नगरपालिका ९ भिमान चेकपोष्टबाट मंगलवार नै काठमाडौँ बुढानीलकण्ठ नगरपालिका १ बस्ने अन्दाजी ३५ बर्षका सरोज बास्तोला र सर्लाहीको ईश्वरपुर नगरपालिका १४ का अशोक हिङ्ममाङको साथबाट १६ दशमदब ४०० ग्राम लागुऔषध खैरो हिरोइन बरामद गरिएको कार्यालयले जनाएको छ ।
पक्राउ परेकाहरुलाई जिल्ला अदालत सिन्धुलीबाट थुनामा राखी अनुसन्धान गर्न म्याद थप भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक सूर्य प्रकाश सुवेदीले जानकारी दिए ।











प्रतिक्रिया