काठमाडौँ ।
तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले बौद्ध प्रहरी वृत्तलाई खानेपानीको ट्याङ्की हस्तान्तरण गरेको छ । यसअघिको ट्याङ्की जीर्ण भएपछि शुद्ध खानेपानीको अभाव झेलिरहेको प्रहरी वृत्तलाई होटलले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत दुई हजार लिटर क्षमताका चार वटा ट्याङ्की र स्ट्यान्ड हस्तान्तरण गरेको हो ।
प्रहरी वृत्तमा यसअघि रहेको ट्याङ्की धेरै पुरानो भएको र बोरिङको पानी प्रयोग गर्दा समस्या भएपछि तारागाउँ रिजेन्सी होटल्सले सहयोग गरेको वृत्तका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । “पहिले इँटाहरु बिच्छ्याएर पानी ट्याङ्की राखिएको थियो, स्ट्यान्ड पनि थिएन”, उनले भने, “स्ट्यान्ड र ट्याङ्की सहयोग प्राप्त भएपछि खानेपानीका लागि सहज भएको छ ।”
प्रहरीको अनुरोधमा तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले खानेपानीको ट्याङ्की र त्यसलाई आवश्यक पर्ने स्टाण्डसहित जडान गरी कर्पोटेड प्रेसिडेन्ट रानि ब्याङले हस्तान्तरण गरेको होटलका जनसम्पर्क निर्देशक गोपालमणी भण्डारीले जानकारी दिए ।
यसअघि पनि तारागाउँले बौद्ध प्रहरी वृत्तलाई सिसिटिभी क्यामेरासहित आवश्यक सामानहरु हस्तान्तरण गरिसकेको जनाएको छ । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडअन्तर्गत हायात रिजेन्सीको ब्यवस्थापनमा बौद्धमा नेपाली कला र शैलीको प्रतिबिम्ब तारागाउँ कल्चरल सेन्टरको रुपमा पाँचतारे डिलक्स होटल सञ्चालनमा छ ।











प्रतिक्रिया