काठमाडौं ।
देशभरि अविरल वर्षा र बाढीपहिरोका कारण चारवटा मुख्य राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन्। कर्णाली प्रदेशमा कर्णाली करिडोर र भेरी करिडोर पूर्णरूपमा बन्द भएका छन्। हुम्लाको सिमकोट र रुकुमपश्चिमको रिजिगार क्षेत्रमा पहिरो र बाढीले सडक अवरुद्ध भएका हुन्।
सिंखुवासभाको भोटखैला गाउँपालिका९४ मा कोशी राजमार्ग पूर्णरूपमा अवरुद्ध छ भने रसुवाको गोसाइकुण्ड गाउँपालिका २ स्थित नेपाल–चीन नाकामा जोड्ने पुल जोखिममा परेको छ।
काठमाडौं नजिक टोखा–नुवाकोट सडक, बागलुङ र नवलपरासी पूर्वको कालीगण्डकी करिडोर र रोल्पा सहिद राजमार्ग एकतर्फी मात्र सञ्चालन भइरहेको छ।
प्रहरीका अनुसार, सबै अवरुद्ध मार्ग खुलाउने प्रयास जारी छ।











प्रतिक्रिया