काठमाडौं ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र कांग्रेस नेता शेखर कोइरालाबीच शुक्रबार बिहान करिब एक घण्टासम्म भेटवार्ता भएको छ।
उनीहरूले देशको समसामयिक राजनीतिक परिस्थिति, सरकारको प्रभावकारिता र जनस्तरमा उठिरहेको असन्तुष्टि विषयमा छलफल गरेका छन्।
कोइरालाले माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग बिहीबार पनि भेटवार्ता गरेका थिए।
भेटवार्तामा सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको र भ्रष्टाचार नियन्त्रण गर्न नसकेको विषयमा गम्भीर कुराकानी भएको स्रोतले जनाएको छ।











प्रतिक्रिया