सुशासनलाई व्यङ्ग्य: घुसमा मुछिएका मन्त्री मन्त्रिपरिषद् बैठकमा


काठमाडौं।

घुस प्रकरणमा मुछिएपछि बर्खास्त गर्नुपर्ने माग सर्वत्र उठिरहेको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई राखेरै सोमबार राति मन्त्रिपरिषद् बैठक राख्नुभएको छ ।

प्रधानमन्त्रीले सोमबार नै मन्त्री गुप्तालाई बर्खास्त गर्न सक्ने अनुमान गरिएको थियो तर त्यस अनुमान विपरीत ओलीले घुस प्रकरणमा मुछिएका मन्त्री गुप्तालाई नै राखेर मन्त्रिपरिषद् बैठक राखेपछि उहाँको सुशासनको नारा व्यङ्ग्यमा परिणत भएको छ ।

प्रधानमन्त्री ओलीले नै भ्रष्टाचारमा संलग्न मन्त्रीलाई संरक्षण गरेको आरोप लागेको छ । यससँगै ओली थप आलोचित बन्नुभएको छ । साथै भ्रष्टाचार आफू पनि नगर्ने र अरुलाई पनि गर्न नदिने प्रधानमन्त्रीको प्रतिबद्धतामाथि गम्भीर प्रश्न उब्जिएको छ ।