भद्रपुर ।
पशुमा लाग्ने लम्पी स्किन रोगको दोस्रो लहरले झापामा शनिवारसम्म २ सय ३६ चौपाया मरेका छन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाले यस्तो तथ्यांकअनुसार ११ हजार ६ सय ६ चौपायामा संक्रमित देखा परेको छ ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाकी प्रमुख शीतल भट्टराईका अनुसार मेचीनगरमा १ हजार ३ सय ४४ चौपायामा सङ्क्रमण देखा परेको छ भने हालसम्म ६ वटा पशु मरिसकेको तथ्याङ्कले देखाएको छ ।
भद्रपुरमा ५ सय ४९ सङ्क्रमित भएका छन् भने २१ वटा चौपाया मरेका छन् । त्यसै गरी ४ हजार खोप पठाइएको छ भने ३५ सय लगाइसकेको पालिकाले जनाएको छ । त्यस्तै गौरीगञ्जमा ४ सय ६९ सङ्क्रमित हँुदा ८ वटा मरेका छन् । सो पालिकाले २ हजार खोप लगेकोमा पूरै खोप लगाइसकेको जानकारी दिएको छ । त्यसै गरी गौरादहमा २ सय ८८ सङ्क्रमित भएका छन् । सो पालिकामा हालसम्म ४ वटा चौपाया मरेका छन् । सो पालिकाले आफ्नै स्रोतबाट २ हजार ५ सय १० खोप लगाइसकेको छ ।
यता दमकमा हालसम्म २ सय ४२ वटा चौपायामा सङ्क्रमित देखा परेपछि हालसम्म ४ वटा चौपाया मरेका छन् ।
८ हजार ४ सय खोप पालिकाले लगेकोमा ७ हजार ५ सय ३० खोप लगाइसकिएको जनाएको छ । त्यस्तै, कमल गाउँपालिकामा ५ सय २१ चौपायामा सङ्क्रमित देखा परेकोमा ६ वटा मरेका छन् । सो पालिकाले ८ हजार खोप लगेको छ भने हालसम्म १० हजार १ सय खोप लगाइसकेको पाइएको छ । त्यसै गरी शिवसताक्षी नगरमा सङ्क्रमित हुनेको सङ्ख्या ५ सय ९२ पुगेको छ । हालसम्म ५ हजार २ सय खोप लगाइसकेको छ भने चौपाया २ वटा मरेका छन् । कन्काईमा ५ सय ६७ सङ्क्रमित भएका छन् भने ३ हजार ५ सय खोपमा पूरै खोप लगाइसकेको पाइएको छ । हालसम्म २८ वटा चौपाया मरेका छन् ।
झापा गाउँपालिकामा ४ सय २९ सङ्क्रमित हुँदा १३ वटा चौपाया मरेको पाइएको छ भने सो पालिकाले कुनै खोप लगेका छैन । यता, बाह्रदशी गाउँपालिकामा ३ हजार ३ सय ५५ वटा चौपाया सङ्क्रमित हुँदा ४९ वटा मरेका छन् भने ५ हजार खोप कार्यालयबाट लगिसकेकोमा ३ हजार खोप लगाइसकिएको छ । त्यस्तै, हल्दीबारीमा २ सय ३४ वटा चौपाया सङ्क्रमित भएका छन् भने २५ वटा मरेका छन् । सो पालिकाले ५ हजार खोप लगेकोमा ७ हजार ४ सय हजार ५० पोप लगाइसकेको जनाएको छ । त्यसै गरी कचनकवल गाउँपालिकामा ६ सय ८२ सङ्क्रमित भएका छन् भने ३ हजार खोपमा ३ हजार खोप नै लगाइसकिएको सो पालिकाले जनाएको छ । पालिकामा १९ वटा मरिसकेका छन् ।
त्यसै गरी बिर्तामोडमा ५ सय ७९ वटामा सङ्क्रमित देखिएको छ । १३ वटा मरेका छन् भने ४ हजार १ सय ५० खोपमा ३५ सय लगाइसकिएको जनाइएको छ । अर्जुनधारमा ५ सय १० वटामा सङ्क्रमित देखा परेको छ भने हालसम्म २१ वटा चौपाया मरेको पाइएको छ । सो पालिकाले १३ हजार खोपमा ९ हजार ७ सय लगाइसकिएको छ ।
त्यस्तै, बुद्धशान्ति गाउँपालिकामा १ हजार २ सय वटा चौपायामा सङ्क्रमित देखा परेको छ । हालसम्म १७ वटा चौपायामा क्षति पुगेको छ भने ६ हजार ५ सय खोपमा ९ हजार ५ सय ५ खोप लगाइसकिएको सो पालिकाले जनाएको छ । मेचीनगरले १७ हजार ६ सय ५० खोप लगेकोमा १६ हजार ७ सय ७० खोप लगाइसकिएको जनाइएको छ ।
अस्पतालबाट ८० हजार २ सय खोप लगे पनि पालिकाकै स्रोतबाट जम्मा ८७ हजार २ सय ६५ खोप लगाइसकिएको छ । लामखुट्टे, झिंगा र किर्नाको टोकाइबाट गाई–भैंसीमा सर्ने यो रोगप्रति विशेष सजगता अपनाउन प्राविधिकहरूले सुझाएका छन् ।
गाई–भैंसीमा उच्च ज्वरो आउने, दाना–पानी कम खाने र दूध उत्पादन घटाउनेजस्ता लक्ष्य देखिएपछि परीक्षण गर्दा लम्पी स्किन पुष्टि भएको प्राविधिकले जनाएका छन् ।
झापामा पहिलो लहर ०७९÷८० मा देखा परेको थियो । सो वर्ष ३८ हजार १ सय १७ वटा चौपायामा सङ्क्रमित देखिएको थियो । जसमा २४ हजार २ सय १५ खोप लगाइएको थियो । २३ हजार ४ सय ७० निको भएका थिए भने २ हजार ८४ वटा चौपाया मरेको कार्यालयको तथ्याङ्कले देखाएको छ ।











प्रतिक्रिया