राजश्व परामर्श समितिको बैठक सम्पन्न, आगामी आर्थिक वर्षका लागि करिब २५ अर्ब बजेटको सीमा निर्धारण


काठमाडौँ ।

 काठमाडौँ महानगरपालिकाको राजश्व परामर्श समितिको बैठक सम्पन्न भएको छ । काठमाडौँ महागनरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)को अध्यक्षमा महानगरको कार्यालय, काठमाडौँ प्लाजामा बसेको वैठकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट सीमा निर्धारण गरेको हो । 

बैठकले आगामी आर्थिक बर्षका लागि करिव २५ करोड बजेटको सीमा निर्धारण गर्दै बजेट सार्वजनिकका लागि तयारी गर्दै छ । 

वैठकमा प्रमुख शाहले जनचाहना अनुरुप विकासका कार्य गर्ने गरी पूर्वाधार विकासमा बजेट थप गर्न निर्देशन दिएका थिए । चालु आर्थिक बर्षको तुलनामा आगामी आर्थिक वर्षमा पूर्वाधार विकासमा बजेट थप गर्ने राजश्व परामर्श समितिले निर्णय समेत गरेको छ । 

शुक्रबार बस्ने ४० औं नगरकार्यपालिका वैठकले नगरसभाको मिति तय गरी नगरसभा मार्फत  बजेट सार्वजनिक गर्ने छ । 

नगरसभा वैठकमा प्रमुख बालेन्द्र शाह (बालेन)ले आगामी आर्थिक बर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छन्  भने उपप्रमुख सुनिता डंगोलले बजेट पेश गर्नु हुने छ । 

वैठकमा राजश्व परामर्श समितका संयोजक, सदस्य, सदस्य सचिव तथा विभागिय प्रमुखहरुको उपस्थिति रहेको थियो ।