पुँजीगत खर्च ५९ प्रतिशत, राजस्व संकलन ७७ प्रतिशतमा सीमित


काठमाडौं ।

आर्थिक वर्ष २०८०\८१ मा सरकारले कुल अनुमानित बजेटको ८०.९१ प्रतिशत खर्च गरेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार १८ खर्ब ६ अर्ब अनुमानित खर्चमध्ये १५ खर्ब ५ अर्ब रुपैयाँ खर्च गरिएको हो।

पुँजीगत खर्च ५९.१३ प्रतिशतमा सीमित रहँदा, चालु खर्च ८५.८२ प्रतिशत र वित्तीय व्यवस्थापन खर्च ८६.५६ प्रतिशत पुगेको छ। पुँजीगततर्फ ३ खर्ब ५२ अर्बमध्ये २ खर्ब ८ अर्ब खर्च भएको छ।

राजस्व संकलनतर्फ १४ खर्ब १९ अर्ब लक्ष्यमध्ये १० खर्ब ९७ अर्ब रुपैयाँ मात्रै संकलन भएको छ, जुन ७७.३४ प्रतिशत हो। अनुदान संकलन ४१.८२ प्रतिशतमा सीमित रहँदा अन्य प्राप्ति शून्य छ।