त्रिविको उपकुलपतिमा डा.अर्याल नियुक्त


काठमाडौं ।

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा दिपक अर्याल नियुक्त भएका छन् । कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अर्याललाई नियुक्त गरेका हुन् ।

शिक्षामन्त्री रघुजी पन्तको अध्यक्षतमा गठित सिफारिस समितिले यहिँ असार २३ गते प्रधानमन्त्री एबं कुलपति ओलीसमक्ष उपकुलपतिका लागि दिपक अर्याल, खड्ग केसी र प्रा.डा. विनिल अर्यालको नाम सिफारिस गरेको थियो ।

तीन जनामध्येबाट कुलपति ओलीले अर्याललाई नियुक्त गरेका हुन् । अर्याल जल तथा मौसम विज्ञान केन्द्रीय विभागका पूर्वप्रमुख हुन् ।

१५ चैतमा प्रा.डा. केसरजंग बरालले राजीनामा दिएपछि त्रिविमा उपकुलपति पद रिक्त भएको थियो ।