काठमाडौं ।
देशभर परेको अविरल वर्षाका कारण बाढी र पहिरोले मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरीले दिएको जानकारी अनुसार पूर्व–पश्चिम, कोशी, मेची, कालिगण्डकी, शहीद, भेरी र जयपृथ्वी राजमार्गका विभिन्न खण्डहरू पूर्ण वा आंशिक रूपमा बन्द छन्।
लुम्बिनी प्रदेशको दाउन्ने खण्ड पूर्ण रूपमा बन्द हुँदा लामो दूरीका सवारी साधनहरू रोकिएका छन्। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा समेत सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित भएको छ।
प्रहरीले सडक खुलाउन सम्बन्धित निकायसँग समन्वय गरिरहेको जानकारी दिएको छ र यात्रुहरूलाई यात्रा गर्नु अघि सडक अवस्थाबारे जानकारी लिन अनुरोध गरेको छ।












प्रतिक्रिया