काठमाडौँ
मजुश्री फाइनान्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ईटहरी–०७, बज्रास्थित लुम्बिनी माध्यमिक विद्यालयलाई विभिन्न शैक्षिक तथा आवश्यक सामग्रीहरू हस्तान्तरण गरेको छ ।
ईटहरी शाखामार्फत गरिएको यस सहयोग कार्यक्रमअन्तर्गत विद्यालयलाई २० थान पंखा, १३ थान डस्टबिन, १० थान बाल्टिन, ८ कार्टुन स्यानिटरी प्याड, १ थान वाटर डिस्पेन्सर, १ थान कलर प्रिन्टर तथा स्क्यानरसहित करीब १ लाख ३० हजार रुपैयाँ बराबरको सामग्री प्रदान गरिएको हो ।
करीब साढे तीन सय विद्यार्थी अध्ययनरत उक्त विद्यालयमा प्राथमिकदेखि माध्यमिक तहसम्मको शिक्षा प्रदान गरिँदै आएको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीको पठन–पाठनलाई सहज बनाउनका लागि फाइनान्सले सहयोग गरेको जनाएको छ ।
मजुश्री फाइनान्स सामाजिक उत्तरदायित्व अन्तर्गत विगतदेखि नै विभिन्न शाखाबाट समाजोपयोगी कार्यमा संलग्न रहँदै आएको छ । हालसम्म कम्पनीले २२ करोड रुपियाँ निक्षेप संकलन तथा करिब रु १८.२ करोड कर्जा प्रवाह गरिसकेको जानकारी दिएको छ ।
हाल २७ वटा शाखा र १ ओटा बित्तरहित काउन्टरमार्फत ग्राहकलाई सेवा दिइरहेको फाइनान्स कम्पनीका करिब १ लाख ५० हजारभन्दा बढी सक्रिय ग्राहक रहेका छन् । आकर्षक बचत ब्याजदर र सुलभ ऋण सुविधा उपलब्ध गराउँदै आएको मजुश्री फाइनान्स देशकै अग्रणी वित्तीय संस्थामध्ये एक मानिन्छ ।











प्रतिक्रिया