काठमाडौं
सिद्धार्थ बैंकले आफ्ना ग्राहकलाई थप सुविधा उपलब्ध गराउने उद्देश्यले बबर महलस्थित ‘बबर महल भिलास’सँग विशेष सहकार्य गरेको छ । यस सहकार्य अन्तर्गत बैंकका ग्राहकहरूले बैंकको कार्ड वा मोबाइल बैंकिङ सेवा प्रयोग गरी भुक्तानी गर्दा फूड, बेभरेज तथा स्पा सेवामा १० प्रतिशतसम्मको छुट पाउनेछन् ।
बैंकले उक्त छुटले ग्राहकहरूलाई नगद कारोबारबाट डिजिटल कारोबारतर्फ आकर्षित गर्ने विश्वास लिएको छ । डिजिटल भुक्तानी प्रणालीको प्रवद्र्धन गर्ने उद्देश्यले बैंकले ‘रिवाड्र्स’ नामक लोयल्टी सेवासमेत सञ्चालनमा ल्याएको जानकारी दिएको छ ।
ग्राहक सेवा सम्बन्धी थप जानकारीका लागि बैंकको २४ घण्टा सञ्चालनमा रहने ‘सिद्धार्थ केयर’मा सम्पर्क गर्न सकिनेछ ।
सिद्धार्थ बैंकले डिजिटल भुक्तानी प्रणालीलाई प्रोत्साहन दिँदै ग्राहकहरूलाई सहज, सुरक्षित र आकर्षक सेवा उपलब्ध गराउने प्रतिबद्धता दोहो¥याएको छ ।











प्रतिक्रिया