लोवर मिड रावाखोला हाईड्रोपावरको आईपीओ निष्कासनका लागि आरबिवी मर्चेन्ट बैंकिङ्ग लिमिटेड नियुक्त


काठमाडौं
खोटाङ जिल्लामा निर्माणाधीन ४ मेगावाट क्षमताको ‘लोवर मिड रावाखोला हाईड्रोपावर प्रोजेक्ट लिमिटेड’ले १ सय रुपियाँ अंकित दरमा १० लाख कित्ता प्राथमिक शेयर (आईपीओ) सर्वसाधारणमा निष्कासन गर्न लागेको छ । कुल १० करोड रुपियाँ बराबरको यो सेयर निष्कासन प्रक्रिया व्यवस्थापन गर्न कम्पनीले आरबिवी मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ ।

सोही प्रयोजनका लागि असार २३ गते एक औपचारिक सम्झौता सम्पन्न भएको हो । सम्झौतापत्रमा हाईड्रोपावर कम्पनीका तर्फबाट कार्यकारी अध्यक्ष श्री शम्भुप्रसाद घिमिरे र आरबिवी मर्चेन्ट बैंकिङ्ग लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुरेलले हस्ताक्षर गर्नुभएको छ ।

आरबिवी मर्चेन्ट बंकिङ्ग लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको मर्चेन्ट बैंक हो, जसले पूँजी बजारसम्बन्धी विविध सेवा प्रदान गर्दै आएको छ ।

लोवर मिड रावाखोला हाईड्रोपावर प्रोजेक्टको आईपीओ निष्कासनबाट आम नेपाली लगानीकर्तालाई सुलभ तरिकाले लगानीको अवसर प्राप्त हुने कम्पनीको विश्वास छ । परियोजनाले मुलुकको जलविद्युत् विकासमा महत्वपूर्ण टेवा पु¥याउने अपेक्षा गरिएको छ ।