गिरिजाबाबुको  नेतृत्व क्षमता बिना नेपालमा गणतन्त्र सम्भव थिएन :  महेश आचार्यको

1.41k
Shares

काठमाडौँ ।

 नेपाली कांग्रेसका वरिष्ठ नेता महेश आचार्यले लोकनायक स्वर्गीय गिरिजाप्रसाद कोइरालालाई नेपाली राजनीतिका एक अद्वितीय नेता बताउँदै पार्टी निर्माणका लागि आवश्यक सबै गुणहरू कोइरालामा भएको उल्लेख गरेका छन्। गिरिजाबाबुको १०२ औं जन्मजयन्तीको अवसरमा बुधवार महामन्त्री गगनकुमार थापाको निजी सचिवालयमा आयोजित ‘लोकतान्त्रिक गणतन्त्र र गिरिजाबाबु’ विषयक विचार गोष्ठीमा बोल्दै आचार्यले उहाँलाई एक उच्च राजनीतिज्ञ र जनतासँग सशक्त सम्बन्ध बनाउने नेता भएको टिप्पणी गरेका थिए ।

नेता आचार्यले भने, “गिरिजाबाबु २१ वर्षको उमेरदेखि निरन्तर पार्टीमा समर्पित रहनुभएको थियो र उहाँको कार्यक्षेत्रबाट हेर्दा पार्टी निर्माणका लागि चाहिने सबै गुणहरू गिरिजाबाबुमा थिए। 

उनले गिरिजाबाबुको नेतृत्व शैलीलाई विश्लेषण गर्दै भने, “गिरिजाबाबुको राजनीति जनतासँग रहेको थियो। जनताको कुरा सुन्नु, तिनीहरूको समस्यालाई सम्बोधन गर्ने नीति र कार्यक्रम तयार गर्नु र त्यसलाई कार्यान्वयन गर्ने क्षमता उहाँमा थियो।”

आचार्यले गिरिजाबाबु नभएको भए माओवादी विद्रोहीसँग शान्ति सम्झौतासम्म पुग्न नसक्ने दाबी गर्दै भने, “उहाँको सुझबुझ र नेतृत्व क्षमता थिएन भने संविधान सभा सफल नहुने थियो र मुलुकमा गणतन्त्रको स्थापना गर्न सकिने थिएन।”

नेता आचार्यले भने गिरिजाबाबु नेपालका लागि एक अमूल्य धरोहर रहेको र उहाँको योगदानले नेपाली राजनीतिमा नयाँ मोड ल्याएको बताए ।