धनगढी ।
धनगढी उपमहानगरपालिका–१२ जुगेडा कम्पनी टोलमा शुक्रबार राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
सु प प्र ०१००९ प ७७८४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई नालामा खस्दा जुगेडाका रवीन्द्र सिंह गम्भीर घाइते भएका थिए।
प्रहरीका अनुसार सिंहलाई राति नै सेती प्रादेशिक अस्पताल लगिएको थियो तर उपचारका क्रममा उनको मृत्यु भएको हो। शव परीक्षणका लागि अस्पतालको शवगृहमा राखिएको छ।











प्रतिक्रिया