गोरखा ।
गोरखा जिल्लामा एक बालिकालाई यौन शोषण गरेको आरोपमा शिक्षक विजयकुमार गिरीलाई प्रहरीले पक्राउ गरेको छ। बारा जिल्ला स्थायी घर भएका ३४ वर्षीय गिरीले गोरखाको एक विद्यालयमा अध्ययनरत बालिकालाई विभिन्न प्रलोभन देखाई एक वर्षदेखि यौनजन्य क्रियाकलाप गर्दै आएको आरोप लागेको हो।
पीडित पक्षको जाहेरीका आधारमा असार ९ गते उनलाई जिल्ला प्रहरी कार्यालय गोरखाको टोलीले पक्राउ गरेको हो। जिल्ला अदालत गोरखाबाट तीन दिनको म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।











प्रतिक्रिया