भिजिट भिसा समस्या दीर्घकालीन रूपमा समाधान हुने : गृहमन्त्री लेखक


काठमाडौं ।

गृहमन्त्री रमेश लेखकले भिजिट भिसासम्बन्धी समस्या अब दीर्घकालीन रूपमा समाधान हुने बताएका छन्।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै गृहमन्त्री लेखकले सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वमुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा छानबिन समिति गठन गरेको जानकारी दिए। उक्त समितिमा सम्बन्धित मन्त्रालयहरूका सहसचिवहरू रहनेछन्।

उनका अनुसार समितिले भिजिट भिसासम्बन्धी तत्कालीन र दीर्घकालीन समाधानका लागि सुझाव दिनेछ। साथै, आवश्यक परे नीतिगत तथा कानुनी सुधारको मस्यौदा समेत समितिले तयार पार्नेछ। सरकारले समितिको सुझावअनुसार आवश्यक कदम चाल्ने गृहमन्त्री लेखकले स्पष्ट पारे।