काठमाडौँ।
मन्त्रिपरिषद् बैठकले भिजिट भिसा तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन सुधारका सम्बन्धमा छानबिन गर्नका लागि पूर्व मुख्यसचिव तथा राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास वैरागीको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले वैरागीको नेतृत्वमा अध्यागमन र भिजिट भिसा सम्बन्धमा विस्तृत छानबिन गर्न उच्चस्तरीय अध्ययन एवं छानबिन समिति गठन गरेको हो ।
गृह, श्रम, संघीय मामिला, परराष्ट्र मन्त्रालयका सहसचिवहरू सदस्य रहेको उच्चस्तरीय छानबिन समिति गठन गरिएको हो । समितिलाई ३ महिनाको कार्यादेश दिइएको छ ।











प्रतिक्रिया