मिरमिरेमा सिर्जना


फिल्म कार्साङका निर्देशक यम शेर्पाले निर्देशन गर्ने फिल्म मिरमिरेमा कार्साङकै अभिनेत्री सिर्जना निङलेखु अनुबन्धित भएकी छन्। दयाहाङ राई र प्रकाश सपूतपछि फिल्ममा सिर्जना निङलेखुको प्रवेश भएको हो।

‘मिरमिरेमा अनुबन्धित हुन पाउँदा खुसी छु। महत्वपूर्ण भूमिकाका लागि अनुबन्धित भएकी छु’ उनले भनिन्। निर्देशक शेर्पाले फिल्म राम्रो बनाउन कलाकार र प्राविधिकको लाइनअप बलियो बनाउने बताए।

यार्सा फिल्म्स्को ब्यानरमा निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पाले निर्माण गर्ने फिल्मले ग्रामीण परिवेशको सामाजिक कथा भन्ने यमले जानकारी दिएका छन्। फिल्मको निर्देशनसँगै कथा पनि यम स्वयंले लेखेका छन्।

गोविन्द बोहरा, सुदीप कुँवर र ईश्वर श्रेष्ठ सह–निर्माता तथा रोहित कट्टेल कार्यकारी निर्माता रहने फिल्म यसै वर्ष रिलिजमा ल्याइने योजना छ।