काठमाडौं।
नेपालमा थप एक जनामा एमपक्स संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार साउदी अरबबाट आएका ३७ वर्षीया पुरुषमा एमपक्स पुष्टि भएको हो।
हालै साउदीबाट फर्किएका उनमा एमपक्सको लक्षण देखिएपछि परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पुगेका थिए। पीसीआर विधिबाट त्यहाँ गरिएको परीक्षणमा रोग पुष्टि भएपछि उनको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भर्ना गरी उपचार गरिएको छ।
डा. बुढाथोकीका अनुसार नेपालमा अहिलेसम्म चारवटा एमपक्सको बिरामी भेटिएका छन्।
१ असार २०८० मा पहिलोपटक एमपक्सको केस भेटिएको थियो। त्यतिबेला नेपाल घुम्न आएकी ६० वर्षीया विदेशी महिलामा पनि एमपक्स संक्रमण पुष्टि भएको थियो। यो पछिल्लो केस चौथो हो। यसअघिका एमपक्स पुष्टि भएका तीन जना पनि साउदी अरबबाटै फर्किएका नेपालीहरु थिए।
के हो मंकिपक्स ?
मंकिपक्स अथवा एमपक्स एक भाइरल रोग हो जुन मंकिपक्स भाइरसले गर्दा मावनजाति तथा केही अरू प्राणीमा लाग्ने गर्दछ। यस भाइरसका दुई प्रजाति छन् क्लेड १ र क्लेड २। यो भाइरस बिफर गराउने भाइरसस“ग मिल्दोजुल्दो हुन्छ। यस भाइरस सन् १९५८ मा बा“दरमा फेला परेको थियो भने मानिसमा पहिलोपटक १९७० मा संक्रमण भेटिएको थियो।
सन् १९८० मा बिफर उन्मूलन भएर खोप लगाउन बन्द भएपछि अफ्रिकामा बिस्तारै मंकिपक्स देखा पर्न थालेको थियो। अफ्रिकाका साना स्तनधारी जनावर बाँदर, मुसा, लोखर्केमा यो भाइरस भेटिएको उल्लेख छ।
सन् २००३ मा अमेरिकामा निर्यात गरिएको जंगली जनावरहरुबाट संक्रमणहरू फैलिएको थियो। त्यसयता वर्षेनी प्रजातान्त्रिक गणतन्त्र कंगोमा कैयौं संक्रमणहरू भेटिने गरेको छ। सन् २०२२ को मेमा युरोपबाट शुरू भएको यो महामारी अमेरिका तथा अन्य विभिन्न मुलुकमा फैलिएको छ जसको यस भाइरसको प्रजाति क्लेड २ कारक रहेको छ। त्यस्तै, सुडानमा शरणार्थीहरूमा देखिएको संक्रमण भने क्लेड १ को कारण रहेको छ।
कसरी सर्छ ?
मंकिपक्सको संक्रमणले शरीरमा घाउखटिरा आउने गर्छ। यस्ता घाउखटिरामा हुने संक्रमित पदार्थको सम्पर्कमा आउँदा उक्त भाइरस एकदेखि अर्कामा सर्ने गर्छ। संक्रमण फैलिने माध्यममा स्पर्स गर्ने, चुम्बन तथा यौन सम्पर्क आदि पर्छन्। त्यस्तै, श्वासप्रश्वासको माध्यमबाट, बोल्दा, खोक्दा पनि एकअर्कामा सर्ने गरेको छ। एउटै सामान तथा कपडाको प्रयोग गर्दा पनि सर्नसक्ने सम्भावना रहन्छ।
संक्रमित जनावरहरूको मासु खा“दा, सिकार गर्दा, जनावरले टोक्दा वा चिथोर्दा पनि सर्न सक्ने सम्भावना रहेको छ। अहिलेको महामारी यौनसम्पर्क प्रमुख माध्यम रहेको पाइएको छ र यो रोग फैलिनुमा यौनकर्मीको प्रमुख भूमिका पाइएको छ।
लक्षणहरू के के हुन् ?
मंकिपक्सको संक्रमणको १ देखि २१ दिनसम्ममा लक्षणहरू देखा पर्छ। प्रायःमा एक हप्ताभित्रमा लक्षण देखिन्छ र २ देखि ४ हप्तासम्म रहिरहन्छ। रोग प्रतिरोधात्मक क्षमता कम भएकामा भने लामो समयसम्म लक्षण देखापर्न सक्छ। यस अवधिपछि भने रोग बिस्तारै निको ह“दै जान्छ।
लक्षणहरूमा डाबर आउनु, ज्वरो, घा“टी दुख्ने, टाउको दुख्ने, मांसपेसी दुख्ने, ढाड दुख्ने, थकान हुने, ग्रन्थी सुन्निने आदि हुन्। शुरूमा देखिने डाबर बिस्तारै बढ्दै गएर फोका उठ्ने, चिलाउने, दुख्ने हुनसक्छ। कसैमा थोरै तथा कसैमा सयौं खटिराहरू आउन सक्छ। खटिरा शरीरको जुनसुकै भागमा आउन सक्ने तर प्रायः हातखुट्टा, अनुहार, मुख, घा“टी तथा तिघ्राको भित्री भागमा बढी देखिन्छ।
गर्भवती, बालबच्चा तथा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिमा भने जटिलताहरूमा उत्पन्न हुने जोखिम बढी हुन्छ। जटिलताहरूमा अरू संक्रमणको सम्भावना, निमोनिया, एन्सेफलाइटिस, आ“खाको ज्योति गुम्ने आदि हुनसक्छ। साथै गर्भवतीको बच्चा खेर जाने हुनसक्छ।
परीक्षण तथा उपचार के छ ?
मंकिपक्सका लक्षणहरू अरू संक्रमणहरू जस्तै ठेउला, लुतो, दादुरा आदिस“ग मेल खाने भएकाले छुट्याउन गाहो हुन्छ। यसको परीक्षणका लागि घाउखटिरा, फोका तथा नाकमुख, घा“टी आदिको स्वाब लिएर भाइरसको पीसीआर प्रणालीबाट जा“च गरिन्छ। संक्रमण ह“ुदैमा अस्पताल जानुपर्ने जरुरी हु“दैन। संक्रमण भएपछि सकेसम्म घरमा आफ्नो कोठामा बस्नुपर्छ। अरूस“ग सम्पर्कमा नआउने, आफ्नो सामान तथा कपडा तथा अरूलाई चलाउन नदिने, मास्क लगाउने, साबुन पानीले बेलाबेला हात धुने, छाला सुख्खा र खुला छोड्ने आदि गर्न सकिन्छ।
त्यस्तै, प्रशस्त पानी पिउने, स्वास्थ खाना खाने र दुःखाइ र ज्वरोको लागि सिटामोलजस्ता औषधि खान सकिन्छ। त्यस्तै, फोका फुटाउने कोट्याउने भने गर्नुहु“दैन। अन्य व्यक्तिहरूको नजिक ह“ुदा मास्क लगाउने तथा खटिराहरू छोप्नाले रोग सर्ने जोखिम कम हुन्छ। लक्षणहरू धेरै बढ्दा वा थप जटिलता देखा परेमा भने नजिकैको स्वास्थसंस्थामा तुरुन्त सम्पर्क गर्न जरुरी हुन्छ।
रोकथाम कसरी गर्ने ?
पहिले बिफरका लागि उत्पादन भएको खोप अहिले मंकिपक्सको रोकथाममा प्रयोगमा आएको छ। यो खोप संक्रमणको उच्च जोखिममा रहेका तथा तत्कालै संक्रमित व्यक्तिलाई दिइने गरेको छ। संक्रमित व्यक्तिको सम्पर्कमा आएको ४ दिनसम्ममा खोप लगाउन विश्व स्वास्थ संगठनले सल्लाह दिएको छ।
त्यस्तै, पहिले बिफरमा प्रयोग हुने एन्टिभाइरल जस्तै टेकोभाइरिम्याट पनि एमपक्सको उपचारमा प्रयोग गर्ने गरिएको छ। यसै गरी संक्रमण भइसकेपछि आइसोलेसन बसेर रोगको संक्रमण कम गर्न सकिन्छ। यस रोगले उग्र रूप लिनुअगावै सरकारले उचित उपायहरू अपनाएर यस रोगको संक्रमण रोक्न परीक्षण तथा उपचारमा ध्यान दिन जरुरी हुन्छ।











प्रतिक्रिया