धादिङ।
राष्ट्रवादीलाई कमजोर बनाउन र देशमा एमालेले गरेको विकासको विरोध गर्नेहरुले एमालेमाथि हमला गरिरहेको नेकपा एमालेका उपाध्यक्ष इश्वर पोखरेलले बताएका छन् ।
नेकपा उमाले धादिङको प्रथम प्रतिनिधि परिषद्को उद्घाटन गर्दै एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलले विकास विरोधी र देशघातीहरुले एमालेमाथि हमला गरेर एमालेले गरिरहेको विकास रोक्न र नेपाललाई कमजोर बनाउन एमालेमाथिको हमला भइरहेको बताएका हुन् ।
नेकपा एमाले लोकतन्त्र र संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा दृढतापूर्वक उभिएको, मानवअधिकार र सुशासनको पक्षमा लागेर वंशपराम्पराको शासन नभई जनताले चुनेको व्यक्तिको शाशनको पक्षमा निरन्तर लागेकोले एमालेमाथि हमला भएको उल्लेख गर्दै एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलले एमालेले गारेको विकाससंग आतिएकाहरुले विरोध गरिरहेको बताए ।
उनले भने , “नवलपरासीको फलाम खानी, दैलेखको पेट्रोलियम पदार्थ, लगायतका विकास गर्दै जाँदा एमाले बलियो भएर देश राष्ट्रियता बलियो बन्छ , समृद्ध र विकास हुन्छ भनेर डराएकाहहरुले एमालेमाथि हमला गरिहेको छ”
एमाले राष्ट्रियताको पक्षमा, सामाजिक सद्भाव र आर्थिक विकासको पक्षमा, लोकतन्त्र, संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा दृढतापूर्वक लाग्ने बताउँदै एमालेमाथि भएको चौतफी हमलाको कडा प्रतिवाद गर्न कार्यकर्ताहरुलाई आग्रह गरे । एमालेमाथि हमला गर्नेहरुको शशक्त प्रतिवाद गर्नेहरु नै सक्कली एमाले भएको बताए ।
पार्टी कार्यकर्ताहरुलाई पार्टी भित्रको एकता कायम गर्न जरुरी रहेको बताउँदै एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलले सानो पार्टी हुँदा सानो चुनौती हुने र अहिले पार्टी ठूलो भएको, देश चलाउने अवस्थामा भएको बेलामा ठूला चुनौतीहरू आएको भएपनि एमालेले चुनौतीहरुलाई सामना गर्न सक्षम रहेको बताए ।
कार्यक्रममा तत्कालिन भूमिगत भएर पनि जनपक्षीय उम्मेदवार, भूमिगत रुपमा पार्टीलाई जनतासामु लैजाने, संगठन निर्माण गर्ने, सेल्टर दिने नेता कार्यकर्ताहरुलाई नेकपा एमालेले सम्मान गरेको छ ।
धुनीबेसीका कष्णदास श्रेष्ठ, ध्रुब शर्मा रुपाखेती, थाक्रेका उत्तम अर्याल, खेमबहादुर थापा, कृष्णप्रसाद अर्याल, गल्छीका परशुराम नेपाल, भरत लामा, गजुरीका रामकृष्ण अधिकारी, शिवराज डल्लाकोटी, बेनिघाटरोराङका रामबहादुर रावल, हरी घिमिरे, भुवलाल श्रेष्ठ, सिद्धलेकका प्रेमराज पुरी, ललितादेवी अर्याल, नीलकण्ठका ठमबहादुर थापामगर, चन्द्रबहादुर दर्लामी, ज्वालामुखीका इन्द्रकुमारी श्रेष्ठ, तोरणबहादुर भण्डारी, नेत्रावतीका प्रभा श्रेष्ठ, बिरबहादुर गुरुङ, त्रिपुरासुन्दरीका गोपाल श्रेष्ठ, रमेश सिंखडा, गंगाजमुनाका सुकदेव रेग्मी, अम्मर अधिकारी, विष्णु सिंखडा, खनियाबासका ठुटे तामाङ र रुबभ्यिालीका अम्मर लामालाई नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेलले प्रतिनिधि परिषद्को अबस्रमा सम्मान गरेको नेकपा उमाले धादिङका सचिव राधिका सापकोटाले बताए ।
नेकपा एमाले जिल्ला अध्यक्ष भूमि त्रिपाठीको अध्यक्षतामा भएको प्रतिनिधि परिषदले भूमि त्रिपाठीले प्रस्तुत गरेको राजनीतिक तथा साँगठनिक प्रतिवेदन, लेखा आयोगका उपाध्यक्ष गोकर्ण दुवाडीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरिएको थियो ।
१० हजार ४ सय ९२ जना पार्टी सदस्य रहेको नेकपा एमाले धादिङको प्रथम प्रतिनिधि परिषदमा ५ सय ८६ प्रतिनिधि सहभागि भएका थिए ।











प्रतिक्रिया