नयाँ दिल्ली।
भारतको उत्तराखण्डस्थित काशिपुरमा बन्धक बनाइएका ३५ जना नेपाली युवाहरूको सफल उद्धार गरिएको छ। आकर्षक जागिरको प्रलोभनमा भारत पुर्याइएका ती युवाहरूमाथि बन्धक बनाएर कुटपिट, यातना र आर्थिक ठगी भइरहेको सूचना पाएपछि नेपाली दूतावास नयाँ दिल्ली सक्रिय भएको हो।
परराष्ट्र मन्त्रालयको निर्देशनमा नेपाली राजदूतावास, नयाँ दिल्लीले उत्तराखण्ड प्रहरी तथा सामाजिक संस्था ‘किन इन्डिया’ को सहयोगमा यही असार ५ गते ती नेपालीहरूको उद्धार गरेको हो।
दूतावासका अनुसार, उद्धारपछि पीडितहरूलाई सुरक्षित स्थानमा राखिएको छ र आवश्यक कानुनी प्रक्रिया पूरा भएपछि उनीहरूलाई नेपाल पठाइनेछ।
थप खोजी र अनुसन्धान जारी
यस घटनासँग संलग्न केही व्यक्तिहरूलाई भारतीय प्रहरीले पक्राउ गरिसकेको छ भने अन्य स्थानहरूमा बन्दी बनाइएका थप नेपालीहरूको खोजी तथा उद्धार कार्य जारी रहेको दूतावासले जनाएको छ। घटनाबारे उत्तराखण्ड प्रहरीले विस्तृत अनुसन्धान अगाडि बढाएको छ।
राजदूतावासले वैदेशिक रोजगारीका नाममा भइरहेका यस्ता ठगी तथा मानव तस्करीका घटनाबाट सचेत रहन सबै नेपालीहरूलाई अनुरोध गरेको छ।












प्रतिक्रिया