काठमाडौँ।
बौद्ध युवा कमिटी ललितपुरले आयोजना गरेको स्वास्थ्य शिविरमा भिक्षु, सञ्चारकर्मी, प्रहरी, सांस्कृतिकर्मीसहित २ सय ५० जनाले स्वास्थ्य परीक्षण गरेका छन् ।
उनीहरुले ललितपुरको सुरशचन्द्र महाविहार न्हायकंबही महापालमा आयोजित स्वास्थ्य शिविरमा उनीहरुले विभिन्न रोग सम्बन्धी परीक्षण गरेका थिए ।

कमिटीले ललितपुर महानगरपालिका– १६ को सहकार्यमा, अरनिको समाज र सम्झना ल्याबोटरी तथा क्लिनिकको प्राविधिक सहयोगमा सो शिविर आयोजना गरेको थियो।शिविरमा भिक्षु, सञ्चारकर्मी, प्रहरी र विभिन्न सामाजिक संघसंस्थामा कार्यरत व्यक्तिहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।त्यसैगरी नशा र हाडजोर्नी रोगको नियमित औषधी सेवन गरिराखेका विरामी, नशा समस्या भएकाहरुको परीक्षण गराउनेहरुको संख्या तुलनात्मक रुपमा बढी रहेका पाइयो ।त्यसमा महिला ४० र पुरुषको संख्या २ सय १० रहेको छ ।
शिविरमा भिक्षु कौडण्य महास्थविर, अखिल नेपाल भिक्षु महासंघका सचिव भिक्षु निग्रोध, पदाधिकारी भिक्षु पञ्ञासार, प्रहरी वरिष्ठ उपरीक्षक श्यामकृष्ण अधिकारी, महानगरीय प्रहरी प्रभाग मंगलबजारका प्रहरी निरीक्षक लिलाभक्त वाडे र प्रहरी जवान, सामाजिक, सांस्कृतिक क्षेत्रमा क्रियाशील व्यक्तिहरु र आम सर्वसाधारणको स्वास्थ्य परीक्षण गराएको कमिटीले जनाएको छ ।

कमिटीका कार्यक्रम संयोजक दिनेश शाक्यका अनुसार शिविरमा नशा सम्बन्धी रोगको डा सर्वोत्तम श्रेष्ठ, पेट तथा कलेजोको डा. सुशील प्रजापति, हाडजोर्नीको डा शैलेन्द्र महर्जन, फोक्सो,दम र एलर्जीको डा. सुवासचन्द्र यादव र जनरल सम्बन्धी रोगको डा.कृष्णगोपाल महर्जनले परीक्षण गरेका थिए। शिविरमा १ सय ६० जना परीक्षण गराएको थियो ।शिविरमा डा. सल्लाह अनुसार औषधी नि:शुल्क वितरण गरिएको थियो ।सो शिविरमा यल नेवाः समाज, ललितपुर उद्योग वाणिज्य संघ, नेवाः पत्रकार राष्ट्रिय दबू, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज), कार्तिक नाच संरक्षण समिति, बोधिचर्या नेपाल, मंगलमार्ग अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्र र ललितपुर हस्तकला संघ, सुरशचन्द्र महाविहार, बलाधरगुप्त महाविहार, जय मनोहर महाविहार सहयोगीको रुपमा रहेको थियो।

शिविरको समापन समारोहमा भिक्षु कौण्डन्य महास्थविर, जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख श्यामकृष्ण अधिकारी, वडाअध्यक्ष निर्मलरत्न शाक्य र कमिटीका अध्यक्ष सतिश शाक्यले शिविरमा स्वास्थ्य सम्बन्धी चेत, सर्वसाधारणलाई स्वास्थ्य उपचारका लागि टेवा पु¥याएकोमा केन्द्रीत गर्दै आआफ्नो धारणा राखे।











प्रतिक्रिया