काठमाडौं ।
अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो र बाढीले राजमार्गहरू अवरुद्ध रहेका छन् । पछिल्लो विवरण अनुसार, पाँच प्रदेशका विभिन्न जिल्लामा गरी कम्तीमा १३ वटा मुख्य सडक खण्डमा यातायात प्रभावित रहेको थियो । गृह मन्त्रालयले उपलब्ध गराएको सुचना अनुसार, केही राजमार्गहरू पूर्ण रूपमा बन्द छन् भने केही एकतर्फी मात्र सञ्चालनमा छन्, जसले गर्दा यात्रुहरूले सास्ती भोग्नुपरेको थियो ।

अरनिको राजमार्ग, महेन्द्र राजमार्ग, कालीगण्डकी कोरिडोर, राप्ती राजमार्ग र दाङ सल्यान सडक खण्ड पूर्ण रूपमा अवरुद्ध रहेका थिए । अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको र यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिन नेपाल प्रहरीले आग्रह गरेका छन् ।











प्रतिक्रिया