भोली स्रोत निर्धारण समितिको बैठक राखेको  हल्ला चलाए 

34.78k
Shares

-बैठक छैन, निलम्बन भएका समितिका संयोजकलाई पत्र 

पत्र पठाएको छैन, रोक्न आदेश दिए 

-पत्रमा प्रमुख प्रशासकीय अधिकृतको पद उल्लेख छ, नाम छैन

-पत्रमाचलानी छैन, कस्ले पत्र पठायो नाम छैन , पत्र तयार गरेको एकैछिनमा नपठाउन निर्देशन 

-सचिवालयको फन्डाबाट सबै हैरान  

काठमाडौं ।

 काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले अर्को फन्डा गरेका छन् । आफैले विघटन गरेको समितिको संयोजक र उपमेयरलाई पत्र पठाएर स्रोत निर्धारण समितिको बैठक बोलाएका छन् ।  उनले पठाएको पत्रमा छाप छैन  । चलानी उल्लेख छैन । 

  कानुनतः सो समितिको सदस्यसचिव प्रमुख प्रशासकीय अधिकृत  हुने व्यवस्था छ । तर, मेयर साह आफैले फान्डा गर्न र बैठक नबोलाउने उद्देश्यले पत्र तयार गरेको देखिन्छ । 

 पत्रमा आफैले विघटन गरेका समितिका संयोजकलाई पत्र तयार गरेको छ । उच्चस्रोतका अनुसार कहिकतै पत्र पठाएको छैन कसरी भोली बुधबार ११ बजे बैठक बस्ने हल्ला भयो–कामपाका कर्मचारी अचम्मित भएका छन् । 

 मेयर सचिवालयले मेयर साबले बैठक बोलाउँदा पनि नआएको हल्ला चलाउन सचिवालयबाटै पत्र काटेको हल्ला गरेको हो । पत्र तयार गरेको भनिएतापनि  कार्यलय समय सकिदासम्म पनि पत्र पुगेको छैन । उपमेयर सुनिता डंगोलसहित समितिका कोही सदस्य बैठकमा उपस्थित नहुने भएपछि सचिवालयले दिउँसो अबेर पत्र नपठाउन आग्रह गरेको थियो 

 पत्रमा प्रमुख प्रशासकीय अधिकृत उल्लेख गरेपनि नाम लेखिएको छैन ।  उच्च स्रोतका अनुसार प्रमुख प्रशासकीय अधिकृतले हस्ताक्षर गरी पत्र पठाउनुपर्ने कानुनी व्यवस्था भएपछि मेयर सचिवालयका  निमित्त प्रमुख शान्ता पहाडी उपस्थित  नभएको कारण प्रशासन विभागले हस्ताक्ष्र गरी मेयर सचिवालयमा पठाइएको छ । 

 मेयर साहकै निर्देशनमा संयोजक मेयर साह, उपप्रमुख एवं सदस्य सुनिता डंगोल, प्रवक्ता नवीन मानन्धर, नवराज मैनाली, मैयालक्ष्मी महर्जन, अनिता कार्की ढोली र प्रमुख प्रशासकीय अधिकृतको नाममा पत्र तयार गरेको छ । 

 प्रमुख प्रशासकीय अधिकृत उल्लेख भएपनि नाम लेखिएको छैन ।  स्थानीय सरकार संचालन ऐन २०७४को दफा ६६को स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठक बोलाइएको छ । बैठक बोलाएपनि पत्रका दर्ता चलानी, पत्रसंख्या उल्लेख छैन । 

 यसअघि कार्यपालिका सदस्य र नगर सभा सदस्यहरूले निरन्तर दबाब दिएपछि बैठक बोलाउने तयारी थियो । मेयर साहले  प्रमुख प्रशासकीय अधिकृतलाई बाइपास गरेपछि उपमेयर डंगोल र सबै सदस्यले सो बैठकमा नजाने निर्णय गरेका हुन । 

 मंगलबार दिनभर कार्यालय रहेकी उपमेयर डंगोललाई समेत कुनै खबर छैन । यस विषयमा प्रवक्ता मानन्धरसंग जानकारी लिन खोज्दा सम्पर्क हुन सकेन । स्थानीय तहले असार १० सम्ममा बजेट पेस गर्नुपर्ने कानुनी बाध्यता छ भने असार मसान्तासम्म पारित गरिसक्नुपर्ने छ ।

 कामपा चरम विवाद र मेयर साहको विरुद्धमा सबै उपमेयरसहित सबै कार्यपालिकाका सदस्य एककृत भएपछि मेयर साह समस्यामा छन् । लोकलाई मेलै बैठक बोलाउँदा आएनन भनेर हल्ला फैलाउन मेयर साहले फन्डा गरेको आरोप कार्यपालिकाका सदस्यले लगाएका छन् । समितिमा रहेको केही सदस्यलाई मेयर साहले  विभिन्न समितिको जिम्मेवारीबाट हटाइसकेका  छन् । 

तर, मेयर शाह संयोजक रहेको स्रोत अनुमान तथा बजेट समितिको बैठक अहिलेसम्म बस्न नसकेपछि बजेट नै अन्योलमा परेको थियो ।

कार्यपालिका र नगर सभा मात्रै होइन स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठकसमेत हुन सकेको छैन ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १७ को उपदफा १ अनुसार ‘कार्यपालिकाको बैठक कम्तीमा महिनाको एक पटक बस्नेछ’ भन्ने व्यवस्था रहे पनि काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक करीब ७ महिनादेखि बस्न सकेको छैन ।

नगरसभाको बैठक पनि ६ महिनामा अनिवार्य बस्नुपर्ने हुन्छ । अझ बजेटको सम्मुखमा नगरसभा बैठक बस्नैपर्ने बाध्यता छ ।