एकान्तकुना टीकाभैरब सडक:  मापदण्ड परिवर्तन गरे संघर्ष गर्ने चेतावनी

सहयोग गर्ने जनप्रतिनिधिको भनाई 

19.93k
Shares

 -संयोजक थापा भन्छन् : आवश्यक परे मन्त्री निवास घेराउ गर्छौ

 ललितपुर ।

  स्थानीय संघर्ष समिति र जनप्रतिनिधिले कान्तिलोकपथको रुट  र मापदण्ड परिवर्तन गरे कडा संघर्षमा उत्रने चेतावनी दिएका छन् । सोमबार ललितपुरको भैसेपाटीमा आयोजित अन्तरक्रिया कार्याक्रममा स्थानीय  जनप्रतिनिधि, पुर्वमन्त्री, सांसदले स्थानीय संघर्ष समितिको मागप्रति ऐक्यबद्धता जनाउँदै सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । 

  एकान्तकुना–टिकाभैरव सडक  संघर्ष समितिले आयोजन गरेको अन्तरक्रिया कार्यक्रममा समितिका संयोजक बिदुर थापाले समितिले हालसम्म गरेको कामको प्रगति, समीक्षा र आगामी दिनको कार्ययोजना र  रणनीतिबारे जानकारी गराएका थिए ।  उनले संघर्षमा साथ र सहयोग गर्नुहुने स्थानीय जनसमुदाय, विभिन्न पार्टीका पदाधिकारीहरु, स्थानीय जनप्रतिनिधिहरु, प्रदेश सभका सदस्यहरु, प्रतिनिधिसभा सदस्यहरु सबैलाई आभार प्रकट गरेका थियो । उनले भावी कार्यक्रममा सक्रिय सहभागिताको लागि सहयोगको अपेक्षा गरेका थिए । 

 अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वमन्त्री एवं सांसद कृष्णगोपाल श्रेष्ठले स्थानीयको समस्यामा आफू सधै साथमा रहेको र यो बिरोधको कार्यक्रममा आफ्नो पनि ऐक्यबद्धता रहेको  बताए । उनले भने– आफू ललितपुरको जनप्रतिनिधि नभए पनि छिमेकी जिल्ला र छिमेकी सहरको स्थानीय बासिन्दा र जनप्रतिनिधि भएकोले आफू यहाँका समस्या समाधानमा सबै किसिमको सहयोग गर्न तयार रहेको बताए ।  उनले स्थानीयले उठाएको माग र संघर्षको बारेमा सरकार जानकार हुनुपर्ने बताउँदै तत्काल समस्या समाधान गर्न सरकारबाटै वार्ताको वातावरण बनाउन आग्रह गरे ।

पूर्वराज्य मन्त्री एवम् ललितपुर–३ का सांसद डा तोसिमा कार्कीले आम जनताको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने यस्ता संवेदनशील  विषयमा निर्णय गर्दा स्थानीय जनता, जनप्रतिनिधि लगायतसँग संवाद एवम् समन्वय गर्नुपर्ने बताइन्  ।  उनले भनिन्–सरकारले  रुट र मापदण्ड परिवर्तन गर्नेगरी गरेको निर्णय आपत्तिजनक रहेको बताइन । निर्णय नसच्याएआम जनसमुदायको पक्षमा डटेर लड्ने प्रतिबद्दता जनाइन । उनल ५ वर्ष सम्म निर्णय लुकाएर राखेकोमा सरकारको नियत ठीक नदेखिएको आरोप लगाइन । ‘सो विषयमा जवाफ माग्नसंसदीय समितिमा पत्र दर्ता गराएको तर, अहिलेसम्म जवाफ आएको छैन’–उनले भनिन्  ।

 पूर्व राज्यमन्त्री एवम् संघीय सांसद उदय शमशेर राणाले पुरानो रूटमा पर्ने ठेचो र चापागाउँका स्थानीयले कान्तिलोकपथको निर्माणको लागि समर्थन जनाइसकेको र बजेट बिनियोजित भइसकेको अवस्थामा एकाएक लोकपथको रूट परिवर्तनको खबरले आफू आश्चर्यचकित भएको बताए  ।  
  साथै कान्तिलोकपथ आयोजनाको मापदण्डमा केही परिवर्तन भै  हेटौडादेखि टिकाभैरवसम्म कायम गरिएको उनको भनाई थियो । सांसद राणाले भने–सोही  अनुरूप आयोजनाले काम गर्दै गरिरहेको छ ।  सडक बिभागको मापदण्डमा हाल हेटौडा–टिकाभैरव–छम्पि–भैंसेपटी–एकान्तकुना नै कायम रहेकोले परिवर्तन गर्ने विषयमा छलफल गर्नुपर्ने बताए ।

त्यसैगरी पूर्व प्रदेशसभा सदस्य राजकाजी महर्जन र पूर्व संघीय सांसद नवराज सिलवालले सडकको मापदण्ड र रूट परिवर्तन गर्ने  निर्णय राजनीतिक नेतृत्वबाट भएको नभई कर्मचारीहरुले गरेको बदमासिको परिणाम भएका आरोप लगाए । भने– सो विषय समाधान गर्न  राजनीतिक ढंगले लागिरहेका छौ ।
 
त्यसैगरी वागमती प्रदेशका  पूर्व राज्यमन्त्री जीवन खड्काले यस प्रकारको निर्णयको आधिकारिक दस्ताबेजहरु हालसम्म आफूले प्राप्त गर्न नसकेको र सो निर्णयको हौवा लिएर आत्तिइहाल्नु पर्ने अवस्था नरहेको जानकारी दिए । 

कार्यक्रममा  ललितपुर महानगरपालिका –२५ का वडा अध्यक्ष दौलत कुमार खत्री र गोदावरी नगरपालिका–९का  वडा अध्यक्ष आत्माराम थापाले उक्त सरकारी  निर्णय कुनै हालतमा स्वीकार्य नहुने बताए । उनीहरुको भनाई थियो– निर्णय तत्काल खारेज हुनुपर्छ नभए  जस्तोसुकै संघर्ष गर्न तयार रहेका छौ । उनीहरुले समितिले उठाएको विषयमा ध्यान नदिए  र आवश्यक परेमा मन्त्री निवास समेत घेर्न बाध्य हुने जनाएको छ ।


 संयोजक थापाले मापदण्ड र रुटलाई यथावत गर्न दबाब दिन आवश्यक परेमा बिरोधका कार्यक्रमहरुलाई अझ सशक्त ढंगले अगाडि बढाइने उल्लेख गरे ।