हङकङबाट दिल्लीका लागि उडेको एयर इन्डियाको विमान हङकङ नै फर्कियो


काठमाडौँ।

हङकङबाट दिल्लीका लागि उडान भरेको भारतीय वायु सेवा प्रदायक कम्पनी एयर इन्डियाको विमान हङकङ नै फर्किएको छ । आकाशमा उडिरहेको समयमा एयर इन्डियाको एआई ३१५ मा प्राविधिक समस्या आएको आशङ्का भएपछि पाइलटले उडानलाई आफ्नो मूल गन्तव्यतिर फर्काएको बताइएको छ ।

उडानमा प्रयोग भएको विमान बोइङ ७८७–८ ड्रीमलाइनर थियो । यात्रीहरूको सुरक्षालाई ध्यानमा राखेर विमान फर्काइएको बताइएको छ । इयर इन्डियाले यस घटनाबारे आधिकारिक विज्ञप्ति जारी गरिसकेको छैन । विमान हङकङबाट दिल्लीका लागि उडेको थियो । यस घटनाबारे अरू जानकारी आएको छैन ।