चितवन यातायात कार्यालयमा अख्तियारको छापा, गुरुङ र पाठक घुससहित पक्राउ 


काठमाडौँ। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्टीङ टोलीले यातायात व्यवस्था कार्यालय भरतपुर चितवनका कार्यालय सहायक इन्द्रजीत गुरुङ र विचौलिया सुरज पाठकलाई कार्यालय परिसरबाट १ लाख ८५ हजार घुस रकमसहित नियन्त्रणमा लिएको छ । साथै कार्यालय  प्रमुख विष्णु भट्टराइको समेत संलग्नता रहेको आशंकामा भट्टराई तथा अन्य कार्यालयका केही  कर्मचारी तथा विभिन्न ड्राइभिङ सेन्टरका सञ्चालकहरुको  विद्युतीय   उपकरण ,मोबाइल , ल्यापटप समेत अख्तियारको टोलीले नियन्त्रणमा लिएको छ ।